२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नाइजेरियाको विद्रोही समूह बोको हरामद्वारा विद्यार्थीहरुको अपहरण प्रयास


0
Shares

पिक अप ट्रकमा लडाकुहरु गोलावारी र विष्फोट गराउँदै शहर प्रवेश गरेको थाहा पाएपछि स्कूलका कर्मचारी र विद्यार्थी भाग्न सफल भएका थिए ।

स्कूल खाली देखेपछि उनीहरुले त्यहाँ लुटपाट मच्चाएका थिए । सन् २०१४ को अप्रिलमा बोको हरामले चिवोक शहरबाट २ सय ७० भन्दा बढी स्कूले छात्रा अपहरण गरेका थिए ।

जेलमा रहेका आफ्ना पाँच कमाण्डरको रिहाइको शर्तमा उनीहरुले केहीलाई उपयोग गरेका थिए भने केही छात्रा भाग्न सफल भएका थिए । तर अझै पनि सय भन्दा बढी छात्रा बोको हरामको कब्जामा छन् ।

उत्तरी नाइजेरियामा इस्लामिक राज्यको माग राख्दै बोको हरामले वर्षौंदेखि सशस्त्र संघर्ष गर्दै आएको छ । (एजेन्सी)