Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


तास खेल्ने ९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता


0
Shares

तास खेलिरहेको समयमा सोमबार राति रु ७५ हजारसहित पक्राउ परेकालाई प्रहरीले मंगलबार अदालतमा जुवा ऐनअनुसार मुद्दा दर्ता गरी कारबाही सुरु गरेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

पक्राउ पर्नेमा ७४ वर्षीय मानबहादुर श्रेष्ठ, ६३ वर्षीय रामबहादुर तामाङ, ५५ वर्षीय गणेश वाइवा, ५२ वर्षीय सोमबहादुर तामाङ, ५० वर्षीय आइतमान तामाङ, ४४ वर्षीय कान्छा तामाङ, ३६ वर्षीय कोइराम तामाङ, ३३ वर्षीय हिमाल तामाङ र २२ वर्षीय हिरालाल तामाङ रहेका छन् ।

उनीहरुलाई यसअघि पनि जुवा खेलिरहेको समयमा पक्राउ गरी सचेत गराएर छाडिएको र पुनः खेलिरहेको भेट्टिएकाले मुद्दा दर्ता गरी कारबाही गर्नुपरेको प्रहरीले जनएको छ ।

हिरालाल तामाङको घरमा तास खेल्न सहभागी ९ जनासँग तासको खालमा राखिएको नगद रुपैयाँसहित बाजी राखेको चारथान मोबाइलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । रासस