
पञ्जियारले टीकाराम विश्वकर्मा र किरण मगरलाई वैदेशिक रोजगारीका लागि मकाउ लैजाने भनी करिब तीन महिनासम्म भारतको नयाँदिल्लीमा राखेका थिए ।
मकाउ लैजान नसकेपछि टर्कीमा राम्रो कमाइ हुन्छ भनी प्रलोभनमा पारी रु ६ लाख ५० हजारका दरले रकम लिइ पठाएको केही समयपछि पीडितहरु टर्कीमा अपहरणमा परी १३ हजार अमेरिकी डलर फिरौती रकम बुझाइ केही दिनअघिमात्रै नेपाल फर्किएका थिए ।
नेपाल फर्किएपश्चात् पीडितहरुले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा दिएको जाहेरीका आधारमा पञ्जियारलाई पक्राउ गरिएको ब्यूरोका प्रहरी नायब उपरीक्षक राजुकमार सिलवालले जानकारी दिए ।
उनले भने–‘टर्कीमा पुगेपछि पीडितहरुले पञ्जियारलाई भनेअनुसारको काम नभएको भन्दै गुनासो गरेका रहेछन्, त्यसको केही समयपछि उनीहरु अपहरणमा परेका थिए ।’
अपहरणमा पाकिस्तानी नागरिकको हात रहेको खुलेपनि अपहरणकारी र अभियुक्त पञ्जियारबीच सम्बन्ध रहे/नरहेकोबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
पञ्जियारलाई काठमाडौं जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पाँच दिन म्याद थप भइ आवश्यक अनुसन्धानकार्य भइरहेको ब्यूरोले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्