२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


छुरा प्रहार गर्ने दुई अभियुक्त पक्राउ


0
Shares

पक्राउ पर्नेमा सोही नगरपालिका–६ निवासी १७ वर्षीय सन्देश उप्रेती र अर्जुनधारा–११ का १६ वर्षीय अंकित प्रधान रहेको बिर्तामोड इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए ।

मंगलबार राति अर्जुनधारा–११ स्थित बसपार्कको सिर्जना होटलअगाडि आपसी विवादमा संग्रौलामाथि छुरा प्रहार भएको थियो ।

छुरा प्रहारबाट संग्रौलाको दाहिने छातीमा गम्भीर चोट लागेकाले बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

छुरा प्रहारपछि फरार रहेका उनीहरूलाई बुधबार बिहान पक्राउ गरी ज्यानमार्ने उद्योगमा कारबाही अघि बढाइएको प्रहरी निरीक्षक विष्टको भनाइ छ । रासस