
लिमाको एरेक्विपानजिकै बुधबार भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।
पेरु प्रहरीका क्षेत्रीय प्रमुख जनरल वाल्टर अर्टीजले मृत्यु भएकामध्ये ४३ जनाको घटनास्थलमै र अर्का एकजनाको अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको बताए ।
गुडिरहेको बस झन्डै २०० मिटर तल खोंचमा खसेको थियो । दुर्घटनामा अरु ३४ जना घाइते भएका प्रहरी प्रमुख अर्टीजले जानकारी दिए ।
गम्भीररुपमा रहेका अधिकांश घाइतेहरुलाई सरकारी सेनाको हेलिकोप्टरमार्फत् उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।
मंगलबार राति चाला सहरबाट छुटेको बस स्थानीय समयअनुसार बुधबार बिहानतिर दुर्घटना भएको हो ।
अरेक्विपातर्फ जाँदै गरेको बसमा सुरुमा ४५ जना यात्री रहेको भएपनि बीचबाटोमा अरु यात्रीहरु पनि थपिएका थिए ।
तर, कति यात्री बीचबाटोबाट बसमा चढेका थिए भन्नेबारेमा भने यकिन हुन सकेको छैन । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्