५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


उत्तर र दक्षिण कोरियाबीच आगामी हप्ता वार्ता


0
Shares

उक्त द्विपक्षीय वार्तामा अधिकारीहरुले दक्षिण कोरियामा हालै भएको शीतकालीन ओलम्पिक खेलकुदकाबारेमा समीक्षा गर्नुका साथै दुई देशबीच आगामी दिनमा हुने भनिएको द्विपक्षीय उच्चस्तरीय वार्ताको तयारीकाबारेमा पनि कुराकानी हुने भएको बताइएको छ ।

सो कुराको जानकारी दक्षिण कोरियाको राष्ट्रिय एकता मन्त्रालयले शुक्रबार दिएको छ । उक्त मन्त्रालयकाअनुसार सो वार्ता आगामी मंगलबारका लागि तय गरिएको छ ।

सो वार्ताका लागि दक्षिण कोरियाले उत्तरलाई पत्र पठाएको थियो । उत्तर कोरियाले सो पत्रमा शुक्रबारैमात्र सहमति जनाएको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

उक्त वार्ता उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा रहेको पानमुनजोममा आगामी मंगलबार अर्थात् फेब्रुअरी २८ मा बिहान १० बजेबाट सुरु हुने भएको बताइएको हो ।

सो वार्ताका लागि दुई कोरियाका तर्फबाट अधिकारीहरु अन्तर कोरियाली विभागका महानिर्देशकहरुको सहभागिता रहने बताइएको छ ।

वार्ताका लागि दक्षिण कोरियाले तीन सदस्य पठाउनेछ भने उत्तरका लागि पनि त्यनि नै संख्यामा सदस्यहरु आउनेछन् । रासस/सिन्ह्वा