शुक्रवार राति गोली प्रहार हुँदा जिल्लाको हरिवन नगरपालिका–११ का १८ वर्षीय महावीर तामाङ घाइते भएका हुन् ।
टिपरमा सहचालकको काम गर्ने तामाङमाथि बरहथवा नगरपालिका–७ स्थित लालदियरचौरीमा गोली प्रहार भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
मोटरसाइकल रोकेर बाटोमा बसिरहेका व्यक्तिले अचानक गोली प्रहार गर्दा तामाङ घाइते भएका प्रत्यक्षदर्शीले बताएका छन् ।
दाहिने पाखुरामा एक गोली लागेका तामाङको वीरगन्जमा उपचार भइरहेको बरहथवाका प्रहरी निरीक्षक ललन कुर्मीले जानकारी दिए ।
गोली प्रहार गर्ने व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्