५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


सोमालियामा दुईओटा कारबम विस्फोट, ३८ जनाको मृत्यु


0
Shares

पहिलो आक्रमण राष्ट्रपति निवासको गेटबाहिर र दोस्रो नजिकैको होटलमा गराइएको थियो । आक्रमणमा परी दर्जनौं घाइते भएका छन् ।

विस्फोटलगत्तै सरकारी सेनाले गरेको जवाफी कारबाहीमा पाँचजना आक्रमणकारी पनि मारिएका छन् ।

सोमलियाको सरकारलाई हटाउन संघर्षरत् इस्लामिक अतिवादी समूह ‘अल शबाब’ले आक्रमणमो जिम्मेदारी लिएको छ ।

गत अक्टोबरमामात्र अल शबाबले मोगादिशुमा गराएको ट्रकबम आक्रमणमा ५०० भन्दा बढीको मृत्यु भएको थियो । (एजेन्सी)