चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा यससम्बन्धी प्रस्ताव पेश गरिएको चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । सिन्ह्वाका अनुसार राष्ट्रपति र उपराष्ट्रपतिमा बढीमा दुई कार्यकालमात्र एउटै व्यक्ति रहन पाउने संवैधानिक प्रावधानलाई संशोधनका लागि प्रस्ताव गरिएको हो ।
गत वर्ष चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनले राष्ट्रपति सि चिनफिङलाई दोस्रो कार्यकालका लागि चयन गरेको थियो । चीनमा राष्ट्रपति र उपराष्ट्रपतिले बढीमा दुई कार्यकालमात्र निर्वाचित हुन पाउने प्रावधान छ ।
प्रस्ताव पारित भएमा राष्ट्रपति चिनफिङले अर्को कार्यकाल पनि नेतृत्व गर्ने सम्भावना प्रवल हुनेछ । उनलाई माओपछिको शक्तिशाली चिनियाँ नेताका रुपमा लिने गरिएको छ । (एजेन्सी)




प्रतिक्रिया दिनुहोस्