 
	    सो भूकम्प स्थानीय समयानुसार सोमबार बिहान १ः४४ बजे गएको थियो । भूकम्पको केन्द्रविन्दु पपुवा न्यूगिनीको दक्षिणी उच्च भूमिमा पर्ने प्रान्त मेन्दीबाट ९६ किलोमिटर दक्षिणमा रहेको जनाइएको छ ।
भूकम्प शक्तिशाली रहेकाले ठूलो क्षति भएको अनुमान सोमबारै नै गरिएको थियो ।
सो भूकम्पबाट मंगलबार बिहानसम्म कम्तीमा पनि ३१ जनाको शव भेटिएको उद्धार अधिकारीहरुले जनाएका छन् ।
सो भूकम्पको विस्तृत् विवरण भने अझै प्राप्त भएको छैन । भूकम्पबाट ३१ भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी स्थानीय अधिकारीहरुले दिएका छन् ।
तर, त्यसमा भौतिक सम्पत्तिमा भएको क्षतिको विस्तृत् विवरण भने प्राप्त नभएको जनाइएको छ ।
भूकम्पबाट मेन्दी सहरका १३ तथा कुटुबु र बोसेभ सरहमा १८ जना बढीको मृत्यु भएको जनाइएको छ । उद्धारकर्मीहरुले योभन्दा बढी व्यक्ति मारिएको अनुमान गरेका छन् । रासस/सिन्ह्वा


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्