Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


टस हारेर फिल्डिङ गर्दै नेपाल


0
Shares

जिम्बाब्वेको क्वे क्वे स्पोर्टस् क्लबको खेलमैदानमा नेपालले टस हारेर पहिले फिल्डिङको निम्तो पाएको छ ।

आइसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको पहिलो अभ्यास खेलमा वर्षा बाधक बनेपछि खेल निर्धारित् समयमा हुन सकेको थिएन ।

खेल सुरु हुनुअगावै वर्षाका कारण मैदान भिजेपछि निर्धारित् समयमा खेल हुन सकेको थिएन । निर्धारित् ५० ओभरको खेललाई २९ ओभरमा छोट्याइएको छ ।

यही फागुन २० गतेदेखि जिम्बाब्वेमा हुने उक्त प्रतियोगितामा नेपाल समूह ‘बी मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बाब्वेसँगै अफगानिस्तान, स्कटल्यान्ड र हङकङ छन् ।

नेपालले फागुन २० गते जिम्बाब्वेसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । विश्वकप छनोट प्रतियोगिताको शीर्ष दुई टोलीले सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउनेछन् ।

नेपाली टोलीमा कप्तान पारस खड्कासहित ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, सोमपाल कामी, करण केसी, अनिलकुमार साह, वसन्त रेग्मी, शक्तिप्रसाद गौचन, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, रोहितकुमार पौडेल र ललित राजवंशी छन् । रासस