२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मनाङलाई हराउँदै थ्रीस्टार फाइनलमा


0
Shares

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा मनाङ–मर्स्याङ्दी क्लबलाई हराउँदै थ्रीस्टार उपाधिनजिक पुगेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा थ्रीस्टार ‘सडनडेथ’मा ४–३ ले विजयी भएको हो ।

निर्धारित् समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेल ‘टाइब्रेकर’मा धकेलिएको थियो ।

त्यसअघि, मनाङले खेलको छैटौं मिनेटमा पाएको पेनाल्टीमा सुजल श्रेष्ठले गोल गरेपछि अग्रता लिएको थियो ।

खेलको ४९ औं मिनेटमा थ्रीस्टारका विदेशी खेलाडी अजई मार्टिनले आकर्षक गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए ।

पेनाल्टी सुटआउटमा मनाङका तीन प्रहार रोक्नुका साथै एक गोल गरेका थ्रीस्टारका गोलरक्षक एलन न्यौपाने खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए ।

थ्रीस्टारले अब उपाधिका लागि फागुन १९ गते हुने फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा फ्रेन्ड्स क्लबलाई पराजित गर्दै सशस्त्र फाइनलमा पुगिसकेको छ ।

चितवनकै सर्वाधिक धनराशी पुरस्कार भएको यो प्रतियोगिताको विजेता टिमले ५ लाख रुपैयाँ र शिल्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।