
जर्ज क्रोनेज क्लक्डले क्विन्सल्यान्डमा आयोजना गरेको स्विमिङ प्रतियोगितामा सो रेकर्ड बनाएका हुन् । ९० देखि १०४ बर्षसम्मको उमेर समूहका ब्यक्तिका लागि आयोजना गरिएको उक्त प्रतियोगितामा अरु प्रतिस्पर्धीलाई ५ मिनेटले पछि पार्दै उनले नयाँ रेकर्ड कायम गर्न सफल भएका हुन् ।
क्लक्डले दर्शकहरुको हौसलाका कारण आफू सफलताको शिखर चुम्न सफल भएको प्रतिक्रिया दिएका छन् ।
अस्ट्रेलियाको ब्रिसबेन निवासी उनले ८० बर्षको उमेरदेखि मात्रै स्विमिङ खेल्न सुरु गरेका हुन् । क्लक्डले एक्सरसाइजका लागिमात्र स्विमिङ गर्ने गरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्