
उनलाई पाँच हजार अमेरिकी डलरमा सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्सले अनुबन्धन गरेको हो ।
वेस्ट इन्डिजका क्रिस गेलको कप्तानीमा सन्दीपले खेल्न पाउनेछन् । सन्दीपले गेलसँगै बेन कटिङ, टोम कोपरलगायतका खेलाडीसँग खेल्ने भएका छन् ।
इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली डेयर डेभिल्सबाट खेल्न पाउने भएपछि चर्चा बटुलेका सन्दीप सीपीएलमा पनि आवद्ध भएपछि आफूलाई ‘एक्सपोज’ गर्ने थप मौका मिलेको छ ।
आइपीएलमा आवद्ध भएपछि उनले विश्व क्रिकेट लिग डिभिजन–२ मा १७ विकेट लिएर ‘म्यान अफ दी सिरिज’को उपाधि जितेका थिए ।
सीपीएल आगामी अगष्ट ८ देखि १६ सम्म हुनेछ भने ६ टिम सहभागी हुनेछन् । सीपीएलको पहिलो ड्राफ्टमा नेपालसहित १८ राष्ट्रका खेलाडीहरु समावेश गरिएका छन् ।
विश्वका चर्चित खेलाडीहरु नै सहभागी हुने सीपीएलमा जोडिएसँगै उनले आइतबारदेखि जिम्बाब्वेमा हुने विश्वकप छनोट क्रिकेटमा पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्