
खेलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको आयोजक जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा तीन सय ८० रन बनायो । सिकन्दर रजाले ६६ बलमा एक सय २३ तथा ब्रेन्डर टेलरले एक सय रन बनाए ।
नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले २/२ तथा डेब्यु खेलाडी ललित राजबंशी र सन्दीप लामिछानेले १/१ विकेट लिए ।
प्रतियोगितामा टेष्ट मान्यता प्राप्त चार राष्ट्रसहित कूल १० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । नेपाल र जिम्बावेसँगै समूह ‘बी’ मा अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन् ।
यस्तै समूह ‘ए’ मा वेष्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड्स, युएई र पपुवान्युगिनी छन् ।
प्रतियोगिताका शीर्ष दुई स्थानमा रहने राष्ट्र अर्को बर्ष इङ्ल्यान्डमा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट हुनेछन् ।
विश्व क्रिकेट लिग डिभिजन टु बाट बढुवा हुँदै प्रतियोगितामा स्थान बनाएको नेपालले सुपरसिक्स चरणमा पुग्दै एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने प्रमुख लक्ष्य बनाएको छ ।
नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्याण्ड, तेस्रो खेलमा अफगानिस्तान र चौथो तथा समूह चरणको अन्तिम खेलमा हङकङ्सँग प्रतिस्पर्धा गर्ने छ । दुबै समुहका शीर्ष तीन स्थानमा रहने राष्ट्र सुपरसिक्स चरणमा प्रवेश गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्