
फौजदारी कानून अनुसार दोषीलाई कारवाही गर्न स्थानीय करिब दुई दर्जन व्यक्तिले पुरातत्व विभागका सिनियर डिभिजनल ईन्जिनियर सम्पत घिमिरे, काठमाडौं महानगरपालिकाका भौतिक पुर्वाधार विकास विभागका निर्देशक उतम कुमार रेग्मी र वर्ल्डवाईड कँडेल, जे.भीका सञ्चालक ठेकेदार अर्जुन कँडेलविरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा किटानी जाहेरी दर्ता गरेका छन् ।
प्राचिन स्मारक संरक्षण ऐन २०१३ अन्तर्गत फौजदारी मुद्दा अनुसार किटानी जाहेरी पत्र दर्ता गरेको सम्पदाप्रेमी आलोक सिद्धि तुलाधरले जानकारी दिए ।
आरोपीहरुले पुरातात्विक र ऐतिहासिक रानी पोखरी पुन निर्माण र संरक्षण गर्ने नाममा नष्ट गरि अपराध गरेको जाहेरी दिएका छन् । पहिचान नभएका अन्य दोषीलाई समेत कानून बमोजिम कारवाही गर्न माग गरिएको छ ।
ऐनमा पुरातात्विक र ऐतिहासिक सामग्री नष्ट गरे विगो बमोजिमको रकम असुल गरी २५ हजारदेखि एक लाख रुपैयाँ जरिवाना वा ५ देखि १५ वर्ष कैद वा दुवै सजाय तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्