१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


मानवताविरुद्धको अपराधमा म्यानमारका सेनालाई उभ्याउनुपर्ने एम्नेस्टीको ठहर


0
Shares

काठमाडौं, असार १३ । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले मानवताविरुद्धको अपराधमा म्यानमारका सेनालाई उभ्याउनुपर्ने जनाएको छ ।

एम्नेस्टीले म्यानमारको रखाइन प्रान्तमा रोहिंग्या मुसलमानमाथि गरिएको कारबाहीमा सेनाले गरेको अपराधको विस्तृत् प्रमाण सार्वजनिकसमेत गरेको छ ।

एम्नेस्टीले म्यानमारमा सेनाले रोहिंग्याहरुविरुद्ध बलात्कार, यातना र हत्याजस्ता कार्यलाई अभियानकैरुपमा चलाएकोसमेत आरोप लगाएको छ ।

एम्नेस्टीको रिपोर्टका सम्बन्धमा म्यानमारको सेनाले भने कुनै प्रतिक्रिया जनाइ नसकेपनि रोहिंग्याको ‘सफाया’ गरेको अरोप अस्वीकार गर्दै आएको छ ।

सन् २०१७ को अगस्टमा रोहिंग्या लडाकूहरुले रखाइन प्रान्तका विभिन्न प्रहरी पोस्टहरुमा आक्रमण गरेपछि सेनाले उनीहरुविरुद्ध बृहत् कारबाही सुरु गरेको थियो ।

सेनाको कारबाहीपछि त्यस क्षेत्रबाट हजारौं स्थानीय पलायन भएका थिए ।

करिब ७ लाख रोहिंग्या मुसलमान छिमेकी देश बंगलादेशको शरणार्थी शिविरहरुमा बसेका छन् ।

म्यानमार सरकारले भने रोहिंग्या मुसलमानहरुलाई अवैध आप्रवासीकारुपमा हेर्ने गरेको छ । (एजेन्सी)