२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


भारतीय प्रधानमन्त्री मोदीको ‘अनादर’ गरेकोमा बीएसएफका एक जवानलाई दिइयो यस्तो सजाय


0
Shares

अंग्रेजी भाषामा प्रकाशित हुने भारतीय अखबार ‘टाइम्स अफ इन्डिया’काअनुसार ती जवानले प्रधानमन्त्री मोदीको नाम लिनुअघि ‘श्री’ या ‘माननीय’ जस्ता आदरसूचक शब्द प्रयोग गरेका थिएनन् । पश्चिम बंगालको नदिया जिल्लाको महतपुरस्थित बीएसएफको १५ औं बटालियनको मुख्यालयमा सो घटना भएको बताइएको छ ।

सो अखबारका अनुसार २१ फेब्रुअरीका दिन बीएसएफका जवानहरु नियमित अभ्यासअनुसार ‘जीरो परेड’ गर्दै थिए । यसै क्रममा सञ्जीवकुमार नाम गरेका एक जवानले आफ्नो रिपोर्टमा ‘मोदी कार्यक्रम’ शब्द प्रयोग गरेका थिए ।

उनको यो व्यवहारप्रति बटालियनका कमान्डिङ अफिसर असन्तुष्ट भएको र उनलाई दण्डित गरेको सो अखबारले जनाएको छ । अखबारका अनुसार सञ्जीवकुमारलाई अनुशासनात्मक कारवाही गर्दै दण्डस्वरुप सात दिनको तलव काटिएको छ । (एजेन्सी)