२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


टीकापुरमा हत्या गरेर अभियुक्त काठमाडौंतिर…


0
Shares

टीकापुर नगरपालिका–१ का १९ वर्षीय सन्दीप रावल र टीकापुर नगरपालिका वडा नम्बर–३ घर भइ ब्लक नम्बर–१२ बस्ने २१ वर्षीय सागर पाण्डेयलाई प्रहरीले धनगढीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले हत्या गरी फरार रहेका उनीहरुलाई ‘फोन ट्यापिङ’को आधारमा पक्राउ गर्न सफल भएको बताए ।

हत्या गरेर काठमाडौंतिर
हत्या भएको राति अभियुक्तहरु टीकापुरसँगै जोडिएको बर्दियामा लुकेर बसेको र भोलिपल्ट नेपालगन्ज हुँदै काठमाडौं पुगेको जानकारी प्रहरीले पाएको थियो ।

प्रहरी नायब निरीक्षक हरिसिंह धामीको कमान्डमा प्रहरी टोली पठाइ काठमाडौंको बालाजुमा हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरी हवाईमार्ग हुँदै धनगढी ल्याएको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए ।

गत बिहीबार राति साढे ११ बजेतिर सामान्य विवादमा रावलले थापालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

हत्यामा रावल र पाण्डेय दुईजनाकोमात्रै संलग्नता देखिएको प्रहरीको भनाइ छ ।

उनीहरुलाई मुलुकी ऐन २०२० ज्यानसम्बन्धी महल दफा–१३ को उपदफा १ बमोजिम सजायको माग–दाबीसहित मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ । उक्त महलमा आजीवन काराबासको सजाय हुने व्यवस्था रहेको छ ।