
‘संविधान संशोधनका लागि विभिन्न धारा, उपधारामा संशोधन गर्ने प्रतिबद्धता आउँदैछ, हामी दुईदिनभित्रै सरकारमा सहभागी हुन्छौं’–उनले भने ।
बुधबार रिपोर्टर्स् क्लबद्वारा राजधानीमा आयोजित साक्षात्कारमा मुख्यमन्त्री राउतले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा फोरम नेपाल सरकारमा सहभागी हुने जानकारी दिए ।
उनले भने–‘उपेन्द्रजीकै नेतृत्वमा फोरम सरकारमा सहभागी हुन्छ । हिजो पार्टीले सरकारमा जाने निर्णयसमेत गरिसकेको छ ।’
सुशासन पहिलो प्राथमिकता
प्रदेश नम्बर–२ लाई समृद्ध बनाउन आफूले दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
‘मुख्यमन्त्रीकोरुपमा मैले शपथ लिएकै दिन केही प्रतिबद्धता जनाएको थिएँ, सोहीअनुसार म जनताको सेवामा उत्रिनेछु । मेरो पहिलो प्राथमिकता भनेको नै सुशासन कायम गर्दै प्रदेशलाई विकासको माध्यमबाट समृद्ध बनाउनु हो, यसको लागि मसँग सक्षम टिम छ’–उनले भने ।
उनले सुशासन भन्नेबित्तिकै ढिलासुस्तीको अन्त्य, अनियमितता रोक्नु र भ्रष्टाचार नियन्त्रण गर्नु भएकाले त्यतातर्फ आफ्नो सम्पूर्ण ध्यान जाने सुनाए ।
शिक्षा र स्वास्थ्यको अवस्था दयनीय
अरु प्रदेशको तुलनामा प्रदेश–२ मा शिक्षा, स्वास्थ्य र बाटोघाटोको व्यापक समस्या रहेको उनको गुनासो थियो ।
‘हाम्रो प्रदेशमा शिक्षा र स्वास्थ्यको अवस्था दयनीय छ । मानव विकासको सूचांकको हिसाबमा पनि हाम्रो प्रदेशमा शिक्षा र स्वास्थ्यको अवस्था धेरै तल छ । यसलाई स्तरोन्नति गर्नु हाम्रो दायित्व हो, त्यतातिर हाम्रो पर्याप्त ध्यान जान्छ’–मुख्यमन्त्री राउतले भने ।
उनले आफूहरु जनताको चाहना अनुसार नै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । २ नम्बर प्रदेशमा कृषिको पनि ठूलो सम्भावना रहेको उनको भनाइ थियो ।
भ्रष्टाचारीलाई कारबाही
उनले भ्रष्टाचारीलाई कारबाही गर्ने चेतावनी पनि दिए । अहिले ऐन तथा नियम बनाउने काम भइरहेको भन्दै उनले त्यो बनेसँगै आफूहरु कडा ‘एक्सन’मा उत्रने उल्लेख गरे ।
त्यस्तै, उनले आफूले मंगलबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको उल्लेख गर्दै प्रधानमन्त्रीबाट आफूलाई पूर्णसहयोग रहने प्रतिबद्धता आएको पनि जनाए ।
प्रतिक्रिया दिनुहोस्