
कैलाली, फागुन २४ । लागू औषध नियन्त्रण ईकाइ कार्यालय कंचनपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएका लागू औषध कारोबारी हतकडी सहित फरार भएका छन ।
बझाङ जिल्लाको खप्तड(छान्ना गाउँपालिका ३ का २७ बर्षिय नवीन रावल हतकडी सहित फरार भएको सात नम्बर प्रदेश प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक माधव प्रसाद नेपालले जानकार दिए ।
उनले प्रहरी जवान पदम बिष्टको टोलीले कैलालीको अत्तरिया क्षेत्रबाट चरेश सहित पक्राउ गरेका रावललाइ हतकडी लगाएर मुचुल्का तयार गरि रहेको अवस्थामा फरार भएको बताए ।
फरार भएका रावलको खोजी कार्य भैरहेको एआइजी नेपालले बताए
प्रतिक्रिया दिनुहोस्