२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


आतंकवादी गतिविधिमा संलग्न तीन पाकिस्तानीबारे जानकारी दिनेलाई पुरस्कारको घोषणा


0
Shares

अमेरिकी विदेश विभागका प्रवक्ताले सोही समूहका अब्दुल वली र मंगल बाघको नाममा पनि ३०/३० लाख डलर पुरस्कारको घोषणा गरेको जानकारी दिए ।

मौलाना फजुल्लाह सन् २०१३ मा टीटीपीका प्रमुखमा नियुक्त भएका थिए । उनी १६ डिसेम्बर २०१४ मा पेशावरको सैनिक स्कूल हमलाका मास्टर माइन्ड मानिन्छन् । जसमा १३१ विद्यार्थीसहित १५१ जनाको ज्यान गएको थियो ।

यसैगरी उनकै नेतृत्वमा सन् २०१२ मा १७ जना पाकिस्तानी सैनिकको शीरछेदन भएको थियो ।

अब्दुल वली ‘जमात उल अहरार’का प्रमुख हुन्् भने उनकै नेतृत्वमा पाकिस्तानको पञ्जाव हमला भएको मानिन्छ ।

अर्का आतंकवादी मंगल बाघ ‘लस्कर–ए–इस्लाम’का प्रमुख हुन् । सन् २००७ को सेप्टेम्बरमा पाकिस्तानले उनलाई पक्राउ गर्न पुरस्कार घोषणा गरिसकेको थियो । उनकै नेतृत्वमा पाकिस्तान लगायत अन्य देशमा आतंकवादी हमला हुँदै आएको थियो ।

पाकिस्तानका विदेश सचिव तहमिना जंजुआ अमेरिका भ्रमणमै रहेका बेला अमेरिकी बिदेश विभागले आतंककारीहरुलाई नियन्त्रण गर्न पुरस्कारको घोषणा गरेको हो ।