२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


न्युयोर्कमा हेलिकोप्टर दुर्घटना, दुर्इजनाको मृत्यु


0
Shares

दुर्घटनामा परी अरु तीनजना घाइते भएका छन् । तर सो हेलिकोप्टरका पाइलट भने सामान्यमात्र घाइते भएका बताइएको छ ।

उक्त सानो हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए । हेलिकोप्टर न्युयोर्कको पूर्वतर्फको नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।

निजी कम्पनीको हेलिकोप्टरलाई केही व्यक्तिले फोटो खिच्ने प्रयोजनका लागि भाडामा लिएर उडाएको अनुमान गरिएको छ । तर यस विषयमा विस्तृत विवरण भने प्राप्त भएको छैन ।

प्रहरीले यस हेलिकोप्टर दुर्घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । (रासस/सिन्ह्वा)