Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


सुनचाँदी व्यवसायीको हत्या


0
Shares

यही फागुन २० गतेदेखि बेपत्ता मुखियाको शव बोराभित्र किरा परेर सड्न लागेको अवस्थामा सोमबार इलामको रोङ गाउँपालिका–३, कोल्बुङ (मेची राजमार्गको लसुने–अर्यालचोक सडकखन्डको जमुनेडाँडा)मा सडकबाट करिब २० फिट तल जुटको बोरामा राखेर फालिएको अवस्थामा शव फेलापरेको हो ।

पछाडि हात बाँधिएको र अनुहार काटिएको अवस्थामा शव भेटिएको रोङ गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला राईले जानकरी दिइन् ।

बिर्तामोडस्थित दावा ज्वयलर्स सुनचाँदी पसलका सन्चालक मुखिया फागुन २० गते श्रीमती रवीनालाई बजार जाने भन्दै बाहिरिएका थिए । रासस