
परिसरअन्तर्गत् रहेको महानगरीय प्रहरी वृत्त, दरबारमार्गले मंगलबार लाजिम्पाटस्थित द इम्पेरियल क्याफेमा जाँच गर्दा रोल्पाका विजय घर्तीमगर र म्याग्दीका सुमन रोक्कामगरलाई पाँच केजी चरेससहित पक्राउ गरेको हो ।
भारतको रक्सौल र अन्य नाकाबाट काठमाडौं भित्रिएको लागुपदार्थ होटल तथा रेस्टुरेन्टमा बेचबिखन हुने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले जाँच गर्दा उक्त परिणाममा चरेस बरामद गरेको हो ।
परिसरले पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्