१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


अफगानिस्तानमा तीन अमेरिकी सैनिक मारिए


0
Shares

काबुल, मंसिर १२ । अफगानिस्तानको गाजनी शहर नजिकै भएको विस्फोटमा परेर कम्तिमा तीन अमेरिकी सैनिकको मृत्यु भएको छ । घटनामा अन्य तीनजना सैनिक घाइते भएको उत्तर एटलान्टिक सन्धी संगठन (नेटो)ले जनाएको छ ।

मध्य अफगानिस्तानमा सुरक्षाकर्मीलाई लक्षित गरी तालिवान विद्रोहीले बिछ्याएको धरापमा परी उनीहरूको मृत्यु भएको अफगानिस्तानको प्रहरीले जनाएको छ । यो घटनामा मारिएका तीन अमेरिकी सैनिकसँगै सन् २०१८ मा अफगानिस्तानमा मारिने सैनिकको संख्या १३ पुगेको नेटोले जनाएको छ ।

मारिने सैनिकको नाम र ठेगाना भने सार्वजनिक गरिएको छैन । अफगानिस्तानमा सन् २०१५ देखि तालिवानी विद्रोहीसँगको भिडन्तमा २८ हजारभन्दा बढी अफगानी सुरक्षाकर्मीको मृत्यु भइसकेको छ । (एजेन्सी)