
सरकारले बुधबार यस्तो शोकको घोषणा गरेको हो ।
बुधबार आकस्मिकरुपमा बसेको बंगलादेशको मन्त्रिपरिषदको बैठकले बिहीबारका लागि शोकको घोषणा गरेको हो ।
बिहीबारका लागि राष्ट्रिय शोकको घोषणा गरिएको र त्यसदिन उक्त दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति विभिन्न मन्दिर, चर्च, मस्जिदमा शान्तिका लागि प्रार्थना गरिनेछ भने त्यस दिनका लागि राष्ट्रिय बिदा दिइनेछ ।
बंगलादेशको राजधानी ढाकाबाट आएको उक्त विमान गत सोमबार अपराह्न नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ५१ जनाको ज्यान गएको थियो ।
सो विमानमा चालकदलका सदस्यसहित ७१ जना सवार थिए भने त्यसमध्ये बंगलादेशीमात्रै ३२ जना सवार थिए । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्