
काठमाडौं, चैत १ । गत प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भएका गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ ।
लामालाई चिनियाँ पेस्तोल र ६ राउन्ड गोलीसहित गएराति प्रहरीले काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो ।
गौशालास्थित पशुपति भिजन होटलमा गोली चलेको आवाज सुनेपछि पुगेको प्रहरी टोलीले लामालाई पेस्तोल र गोलीसहित पक्राउ परेको हो ।
घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । सम्पत्ति शुद्धिकरण विभागले लगाएको अकूत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा लामाले विशेष अदालतबाट केही महिना अघिमात्रै सफाई पाएका थिए ।
प्रतिक्रिया दिनुहोस्