१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नेपालको शानदार बलिङ, पपुवा न्यूगिनी ११४ रनमा समेटियो


0
Shares

जितका लागि नेपालले ११५ रनको सामान्य चुनौती पाएको छ ।

टस जितेर नेपालले पहिले फिल्डिङ गरेसँगै पपुवा न्यूगिनीलाई निर्धारित् ५० ओभरको खेलमा २७ ओभर २ बलमै अलआउट गर्दै ११४ रनमा समेटेको हो ।

नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान ४/४ विकेट लिए ।

दीपेन्द्रले ४ ओभर २ बलमा १४ रन खर्चेर तथा सन्दीपले ८ ओभरमा २९ रन खर्चेर ४ विकेट लिएका हुन् । सोमपाल कामी र करण केसीले १/१ विकेट लिए ।

जारी विश्वकप छनोट प्रतियोगिताको ‘सुपर सिक्स’मा पुग्न असफल चार टोलीले सातौंदेखि दशौं स्थानासम्मको टुंगो लगाउन प्लेअफ खेल्न लागेका हुन् ।

बिहीबारै भइरहेको अर्को प्लेअफ खेलमा अहिले नेदरल्यान्ड्स र हङकङ भिडिरहेका छन् ।

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाउन आजका खेलमा नेपालको जित र हङकङको हार जरुरी छ । यदि नेपाल र हङकङ विजयी भए नेपालले फेरि हङकङलाई पनि हराउनुपर्ने हुन्छ ।

विश्वकप छनोट खेलेका पाँच एसोसिएट देशमध्ये शीर्ष तीनले एक दिवसीय मान्यता पाउनेछन् भने पुछारमा रहने दुई टिम डिभिजन–२ मा घटुवा हुनेछन् ।

आजको खेलमा पराजित भएको खन्डमा नेपाल डिभिजन–२ मा घटुवा हुनेछ ।