२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सामूहिक बलात्कार आरोपमा चारजना समातिए


0
Shares

पक्राउ पर्नेमा उर्लाबारी–४ का ३७ वर्षीय दिलीप माझी, २६ वर्षीय बुद्ध शिवा, २१ वर्षीय अर्जुन परियार र २६ वर्षीय केवल सुन्दास रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।

उर्लाबारी–४ स्थित किशानचोकनजिकै सोल्टीखोलामा १५ वर्षीया एक किशोरीलाई उनीहरुले बुधबार साँझ सामूहिक बलात्कार गरेका थिए ।

अर्की एक सोही उमेरकी किशोरी ती युवाबाट उम्केर प्रहरीलाई खबर गरेकी थिइन् ।

पक्राउ परेका सबैलाई जिल्ला अदालत मोरङमा जबर्जस्ती करणीअन्तर्गत् मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक थापाले बताए । रासस