
बुधबार राति करिब १० बजेको समयमा घर फर्कंदै गरेको अवस्थामा आफ्नै वडाका युवाहरुले बाटो छेकेर आक्रमण गरेपछि त्यसबाट जोगिन भागेका वडाध्यक्ष चौहान अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।
स्थानीय जोशीचन्द्र राई नेतृत्वको पाँच/६ जना युवाहरुले उनीमाथि आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
आक्रमण गर्नेमा जोशीचन्द्रसँगै विसम राई, बद्री खड्कालगायतका युवाहरु रहेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।
घटनास्थलमा उनले प्रयोग गरेको मोटरसाइकल र हेल्मेट भेटिएको र अरु विषयमा अनुसन्धान भइरहेको प्रनाउ थापाले बताए ।
उनी बुधबार साँझ वडा कार्यालय जाने बाटो स्काभेटरमार्फत् मर्मत गराएर घर फर्कनेक्रममा उक्त समूहले सोही स्थानको दारुलाडाँडामा बाटो छेकेर आक्रमण प्रयास गरेको जनाइएको छ ।
दारुलाडाँडाबाट भागेर हिँडेका वडाध्यक्ष चौहानलाई बानाचुङबजारस्थित लालबहादुर खड्काको घरमा आक्रमण गरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
चौहानले स्थानीयको मोबाइल नम्बरबाट राति सम्पर्क गरेपछि अहिलेसम्म सम्पर्कविहीन रहेको नगरप्रमुख दिपनारायण रिजालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्