
प्रहरीले बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा म्याद थप गरी अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता मोहन थापाले जानकारी दिए ।
प्रवक्ता थापाले लामामाथि हातहतियार तथा खरखजना ऐनमा मुद्दा चलाइने जानकारी दिए ।
हातहतियार तथा खरखजना ऐनअन्तर्गत् ६ महिनादेखि एक वर्षसम्म कैद, रु ६० हजारदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
लामामाथि वि.सं. २०६६ असार, २०६७ कात्तिक, २०६८ साउन र २०७० चैतमा काठमाडौं परिसरमा मुद्दा दायर भएपनि उनलाई गत माघमा अदालतले सफाइ दिएको थियो ।
लामा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकबाट प्रदेशसभाका उम्मेदवारसमेत थिए । रासस
प्रतिक्रिया दिनुहोस्