२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बेलायतमा रुसी व्यापारीको घाँटी थिचेर हत्या भएको आशंका, अनुसन्धान सुरु


0
Shares

काठमाडौं, चैत ३ । बेलायतको पुलिसले लन्डनमा भएको रुसी व्यापारीको मृत्युलाई हत्याको आशंकामा अनुसन्धान शुरु गरेको छ ।

६८ वर्षीय रुसी व्यापारी निकोलाई ग्लुसकोभको यही मार्च १२ मा आफ्नै घरमा मृतअवस्थामा फेला परेका थिए ।

पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु घाँटी थिचिएर भएको उल्लेख भएपछि बेलायत प्रहरीले हत्याको आशंकामा अनुसन्धान सुरु गरेको हो ।

रुसका पूर्व जासुस सर्गेइ स्क्रिपाल र उनकी छोरी युलियामाथि ‘नर्व एजेन्ट’बाट हमला भएको दुई हप्तापछि रुसी व्यापारी मृत अवस्थामा फेला परेका हुन् ।

रुसी पूर्व जासुसमाथि बेलायतको सलिस्बरीमा हमला भएको थियो । तर बेलायती प्रहरीले यी दुई घटनाबीचको अनुसन्धानमा कुनै सम्बन्ध भने नरहेको जनाएको छ ।

बेलायतका विदेशमन्त्री बोरिस जोनसनले स्क्रिपालमाथि भएको रासायनिक आक्रमणको पछाडी रुसको संलग्नता भएको आरोप लगाएका छन् ।(एजेन्सी)