२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


आठ वर्षीय बालकको अपहरणपश्चात हत्या !


0
Shares

कमला नगरपालिका– ८ बस्ने प्रमोद साहका आठ वर्षीय छोरा रमणको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बालकको शव आइतबार बिहान गाउँ नजिकै कुलोमा हत्या गरेर फालिएको अवस्थामा फेला परेको छ ।

शनिबार साँझदेखि घरबाट बेपत्ता रमणको शव आइतबार बिहान स्थानीय बासिन्दाले कुलोको पानीमा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृत बालकको शरीरमा घाउचोट र नीलडाम भेटिएकाले अपहरण गरी हत्या गरेर नै फालिएको हुन सक्ने धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए । शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । (रासस)