Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


पुरस्कार परेको भन्दै ठगी गरेको अभियोगमा पक्राउ


0
Shares

पाँचथर, फिदिम बजारकी अनुशा अधिकारीको उजुरीका आधारमा मण्डललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।

मण्डलले अज्ञात नम्बरबाट अधिकारीलाई फोन गरी ‘तपाईंले रु २५ लाख पुरस्कार जित्नुभएको छ, त्यसका लागि करवापतको रु ३० हजार बुझाउनुहोला, नभए पैसा फ्रिज हुन्छ’ भन्ने जानकारी गराएपछि आफूले पैसा बुझाएको तर पुरस्कार नपाएको र बुझाएको पैसा समेत फिर्ता नभएपछि पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेकी थिइन् ।

अभियुक्त मण्डलका साथबाट रु ७० हजार र एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । (रासस)