
यही चैत ९ गतेदेखि नियमित सञ्चालनमा ल्याउने तयारीका लागि बलेवा बिमानस्थलमा तारा एयरले परीक्षण उडान गरेको हो ।
पोखरादेखि बलेवा विमानस्थलसम्म परीक्षण उडान गरेको तारा एयरले नियमित उडान गर्न कुनै कठिनाई नभएको बताएको छ ।
पाईलट क्याप्टेन सन्जीव श्रेष्ठ, क्याप्टेन सन्तोष शाह, क्याप्टेन प्रभाकर घिमिरे र एयर होस्टेज सृजना हुमागाईले परीक्षण उडान गरेका हुन् ।
उनीहरुले पटक–पटक विमानस्थल वरिपरिको क्षेत्रमा समेत उडान गरेर नियमित संचालनका लागि उपयुक्त दिशा तथा अझै बनाउनुपर्ने संरचनाका बारेमा अध्ययन गरेका थिए ।
बलेवा विमानस्थल कार्यालयका एयर ट्राफिक अफिसर इमनाथ अधिकारीले उडानका लागि विमानस्थल उपयुक्त रहेको भन्दै थप पूर्वाधार निर्माण गर्नसके राम्रो विमानस्थल बन्ने बताए ।
स्थानीयबासी तथा धौलागिरि क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुको पटक पटकको प्रयासपछि बिमानस्थल नियमित संचालनमा आउने भएको हो ।
तत्कालीन १४ गाविसका स्थानीयको श्रमदानमा २०१८ सालमा यो विमानस्थल निर्माण भएको हो ।
प्रतिक्रिया दिनुहोस्