
आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार विज्ञप्ति जारी गर्दै खेलतालिका सार्वजनिक गरेको हो ।
६ टिमले सहभागिता जनाउने प्रतियोगिताको उद्घाटन खेलमा स्थानीय टिम चौराहा धनगढी र काठमाडौं गोल्डेन्स भिड्नेछन् ।
फाइनल खेल चैत ३० गते हुनेछ ।
विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार जित्नेछन् । तेस्रो हुनेले ३ लाख र चौथोले २ लाख पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्