२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


जिम्बाबेमा तीन हजार कैदी बन्दीलाई आममाफी


0
Shares

काठमाडौं, चैत ८ । जिम्बाबेमा ३ हजार कैदी बन्दीलाई आम माफी दिइएको छ ।

राष्ट्रपति एमर्सन मनाङ्गावाले देशका विभिन्न कारागारमा रहेका ३ हजार कैदी बन्दीलाई एकसाथ आम माफी घोषणा गरेका छन् ।

आम माफी पाउनेमा जन्मकैदको सजाय पाएका बाहेक अन्य सबै महिला कैदी छन् । यसैगरी १८ वर्षभन्दा कम उमेर समुहका सबै कैदीलाई पनि रिहा गरिएको छ ।

राष्ट्रपति मनाङ्गावाको पछिल्लो कदमले जिम्बाबेको कारागार व्यवस्थापनमा सहजता आउने अनुमान गरिएको छ ।

जिम्बाबेका प्रायः सबै कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी रहेका छन् ।

यसअघि सन् २०१६ मा पनि कारागारमा ठाउँ खाली गर्न २ हजार कैदी बन्दीलाई छाडिएको थियो ।(एजेन्सी)