
तनहुँ, चैत ८ । तनहुँ जलविद्युत आयोजनाको निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ ।
आयोजनाबाट प्रभावित वासिन्दालाई ९० प्रतिशत मुआब्जा वितरण गरि सकिएको छ ।
पहिलो चरणमा ४० करोड र दोस्रो चरणमा ६० करोड रुपैयाँ मुआब्जा बितरण गरिएको आयोजनाले जनाएको छ ।
१४० मेगावाटको तनहुँ आयोजनाको प्रवेश मार्गको निर्माण कार्य पुरा भएको र आवास गृहको निर्माण कार्य धमाधम भइरहेको छ ।
तनहुँ हाइड्रोपावर जलाशय युक्त आयोजना भएकाले यसले लोडसेडिङ कम गर्न मद्दत पुग्ने आयोजनाका साइट इन्चार्ज बिदुर अधिकारीले जानकारी दिए ।
आयोजनाको काम सन् २०२३ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्