१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


युगाण्डामा डुंगा दुर्घटना, कम्तीमा २२ जनाको मृत्यु


0
Shares

काम्पाला, मंसिर ९ । युगाण्डाको मुकोनो जिल्लामा भएको डुंगा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ । 

लेक भिक्टोरियामा शनिबार भएको सो घटनामा परेका अन्य ६० जना अझै हराइरहेको अधिकारीहरुले आइतबार जनाएका छन् । खराब मौसम र बढी भारका कारण डुङ्गा पल्टेको बताइएको छ । 

घटनास्थलबाट २२ जनाको शव निकालिएको छ भने अरु २६ जनालाई जीवितै उद्धार गरिएको युगाण्डा प्रहरीका निर्देशक असुमान मुगेन्यीले बताए ।

डुंगा दुर्घटनामा बाँच्न सफल एकजना यात्रुले दिएको जानकारी अनुसार डुंगामा झण्डै ९० जना यात्रु थिए । 

राजधानी काम्पाला नजिकै पर्ने मुकोनो जिल्लाको भिक्टोरिया तालमा डुंगा सफारीका क्रममा यो दुर्घटना भएको हो ।

काम्पालाका प्रहरी प्रवक्ता लुके ओवेयेसिगिरले घटना भएको पुष्टी गरेपनि आधिकारिक पूर्ण विवरणहरु भने अझै आइनसकेको बताए । (रासस÷सिन्ह्वा)