
सामाचारवाचिकाकोरूपमा जागिर पाएकी मलिक लाहोरकी बासिन्दा हुन् । तेस्रोलिंगी समाचारवाचिका बनेकी मलिकले यसअघि मोडलिङ गरिसकेकी छन् ।
प्रशिक्षणकाक्रममा आफूले कुनै प्रकारको भेदभाव महसुस नगरेको उनको अनुभव छ । उनले आफू पाकिस्तानको पहिलो तेस्रोलिंगी मोडल पनि भएको बताएकी छन् ।
तेस्रोलिंगीहरूले समाजमा भोग्दै आएको कस्टकर अवस्था बदल्न जरुरी रहेको उनको भनाइ छ ।
पछिल्लो जनगणनाअनुसार पाकिस्तानमा तेस्रोलिंगीको संख्या १० हजार ४१८ रहेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्