Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


पाँचथरबाट १४ करोड रुपैयाँ बढीको अकबरे निर्यात


0
Shares

आर्थिक वर्ष ०७३/०७४ मा प्रतिकेजी २५० रुपैयाँका दरले बिक्री गर्दा १४ करोड ३४ लाख ५० हजार रुपैयाँको खुर्सानी जिल्लाबाहिर निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले बताए ।

१९७ हेक्टर क्षेत्रफलमा लगाइएको अकबरे खुर्सानीबाट १ हजार ४ मेट्रिकटन खुर्सानी उत्पादन भएको थियो । त्यसमध्ये ५७३ मेट्रिकटन जिल्लाबाहिर निर्यात भएको जनाइएको छ ।

जिल्लाको फाल्गुनन्द गाउँपालिकाको साविक चिलिङदेन र फाक्तेप गाविस अकबरे खुर्सानी खेतीका लागि पकेट क्षेत्र हो ।

गत आर्थिक वर्ष ०७२/०७३ मा १३ करोड ८ लाख १५ हजार रुपैयाँको अकबरे खुर्सानी निर्यात भएको थियो ।