२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


पूँजी बजारमा सामान्य सुधार, नेप्से ३९ अंकले सुधारियो


0
Shares

काठमाडौं, चैत १३ । सोमबार ५१ अंकले घटेको पूँजीबजार मंगलबार सुधारिएको छ ।

यसदिन शेयर बजार परिसूचक नेप्से ३९ अंकले सुधारियो ।

कारोबार सुरुवाती समयमा ३४ अंकले ओरालो लागिसकेको नेप्से मध्यान्ह पछि यू-टर्न गर्दै ३९ अंकले बढ्यो ।

कारोबार भएको केही समय ४९ अंकले बढेपनि पनि केही ओरालो लाग्दै ३९ अंक विन्दुमा पुगेर थामियो ।

यसदिन व्यापार समूह बाहेक अरु कारोबार भएका सबै समूहमा सुधार आयो ।

बीमा समूह सबैभन्दा उच्च २ सय ९३ अंकले उक्लियो ।

होटल समूह १ सय २६ अंकले, विकास बैंक समूह ४१ अंकले सुधारियो भने वाणिज्य बैंक समूहमा पनि ३३ अंकको सुधार आयो ।

यसदिन १ सय ६६ कम्पनीको १५ लाख ४६ हजार कित्ता शेयर ५१ करोड १५ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।