२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


बालिका बलात्कार गरेको आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ


0
Shares

१४ बर्षिया एक बालिकालाई बलात्कार गर्ने ठटाललाई झापा भद्रपुरबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

बालिकाले खाना खाए लगतै वान्ता गर्न थालेपछि परिवारले सोधपुछ गर्दा असई ठटालले बलात्कार गरेको बताएपछि रहस्य सार्वजनिक भएको हो ।

पीडितका आफन्तका अनुसार ठटालले बालिकालाई गत पुषमा बलात्कार गरी ५ सय रुपैयाँ दिएर कसैलाई नभन्नु भनेका थिए ।

ठटालले बालिकालाई ललाईफकाई पटक–पटक बलात्कार गरेको समेत आफन्तले आरोप लगाएका छन् ।

पक्राउ परेका ठटालमाथि अनुसन्धान भईरहेको पाँचथर प्रहरीले जनाएको छ । पीडित बालिकालाई महिला सेवा केन्द्रमा राखिएको छ ।