१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


मुम्बईमा २७ लाख चोरीका आरोपित युवा नेपालमा समातिए


0
Shares

पक्राउ पर्नेमा बराह गाउँपालिका–३, तरंगा, सुर्खेतका ३० वर्षीय कर्णबहादुर शाही रहेका छन् । उनलाई सुर्खेत प्रहरीले यही चैत १३ गतेका दिन पक्राउ गरेको हो ।

भारतीय प्रहरीले इन्टरपोलमार्फत् आरोपित शाहीलाई बुझेर सहयोग गर्न अनुरोध गरेपछि उनलाई समातिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

‘आरोपित शाहीले नगद र गरगहना गरी भारतीय रु २७ लाख चोरेको जानकारी गराइएको छ । तर, संस्थागत तथ्यांक त्यस्तो केही छैन’–उनले भने ।

रुपैयाँ चोरे/नचोरेकोबारे बुझ्नका लागि शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक चतुर्वेदीले बताए ।

आरोपित शाहीकाबारे आवश्यक अनुसन्धान गरेर इन्टरपोलमार्फत् भारतीय प्रहरीलाई जानकारी दिने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । रासस