 
	    काठमाडौं, मंसिर ७ । पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको ७५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।
वि.सं. २००१ वैशाख २५ गते महोत्तरी जिल्लामा जन्मिएका पूर्वप्रधानन्यायाधीश गिरीले २०२५ साल साउन ३० मा न्यायसेवामा प्रवेश गरेका थिए ।
उनी जिल्ला अदालत, तत्कालीन पुनरोवदन अदालत हुँदै २०६४ असोज १८ मा प्रधानन्यायाधीश भएका थिए ।
सर्वोच्च अदालतले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी पूर्वप्रधानन्यायाधीश गिरीको निधनप्रति शोक व्यक्त गरेको छ । उनको निधनले न्यायालयलाई निकै मर्माहत बनाएको उल्लेख छ ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीशकारुपमा रहँदा उनको न्यायालयको श्रीवृद्धिमा उल्लेखनीय योगदान रहेको थियो ।
सर्वोच्च अदालतमा शुक्रबारै बसेको आकस्मिक पूर्णबैठकले यही मंसिर ९ गते आइतबार देशभरका सबै अदालत तथा न्यायाधीकरणहरु शोकबिदाकारुपमा बन्द गर्ने निर्णय गरेको छ । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्