
पार्टीका केन्द्रीय सदस्य खुमबहादुर खड्काको असामयिक निधन भएकामा उनीप्रति सम्मान प्रकट गर्दै आइतबारका लागि निर्धारित् बैठक स्थगन भएको हो ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलकाअनुसार शनिबार राति नेता खड्काको पार्थिव शरीर राजधानी ल्याइनेछ भने आइतबार बिहान ९ बजेसम्म सानेपास्थित उनकै निवासमा राखिनेछ ।
बिहान ९ बजेदेखि अपराह्न १ बजेसम्म उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टीको केन्द्रीय कार्यालयमा राखिनेछ ।
अपराह्न १ बजेपछि नेता खड्काको आर्यघाटतर्फ शवयात्रा प्रारम्भ हुनेछ । रासस
प्रतिक्रिया दिनुहोस्