१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


मनाङलाई हराउँदै थ्रीस्टार मदन भण्डारी गोल्डकप च्याम्पियन


0
Shares

सोमबार बुटवलमा सम्पन्न फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी मनाङ–मर्स्याङ्दी क्लबलाई २–१ ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो ।

उपाधिसँगै थ्रीस्टारले नगद १५ लाख रुपैयाँ पुरस्कार पायो भने उपविजेता बनेको मनाङले ७ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।

उपाधि भिडन्तमा थ्रीस्टारलाई जित दिलाउनेक्रममा अनन्त तामाङ र विदेशी खेलाडी अजयी मार्टिन एक/एक गोल गरे । अनन्तले खेलको ६९औं र मार्टिनले ८२औं मिनेटमा गोल गरेका हुन् ।

त्यसअघि, खेलको दोस्रो मिनेटमै मनाङका बिमल रानाले एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, त्यसलाई जोगाउन नसक्दा मनाङ उपविजेतामै सीमित हुन पुग्यो ।

फाइनल खेलको खेलको ‘म्यान अफ दी म्याच’ थ्रीस्टारका अनन्त तामाङ घोषित भए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने मनाङका अन्जन विष्ट घोषित भए । उनले ५० हजार रुपैयाँ पाए ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश नम्बर–५ को आयोजनामा भएको प्रतियोगितामा तीन विभागीय र मलेसियाको हिमालयन फुटबल क्लबसहित १० टिमको सहभागिता रहेको थियो ।