२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दुर्घटनामा चालकको मृत्यु


0
Shares

धनकुटा, मंसिर ७ । धनकुटामा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

धनकुटा नगरपालिका २ भिरगाउँमा को१ज १६५४ नम्बरको पिकअप दुर्घटना हुँदा सोही स्थानका ४२ बर्षीय चालक प्रेमबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

गाडी अनियन्त्रित भइ सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरी चौकी हिलेका इन्चार्ज यदु खड्काले जानकारी दिए । दुर्घटनामा फत्त तामाङ भने सामान्य घाइते भएका छन् ।