१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


विद्युत चोरीको आरोपमा सरकारी कर्मचारीसहित १० जना पक्राउ


0
Shares

बिजुली चोरी गरेको आरोपमा जिल्ला वन कार्यालय रौतहटका एक वनपालेसहित फरक स्थानबाट दश जना पक्राउ परेका छन् ।

जिल्ला वन कार्यालय रौतहटको सिम्री ईलाका वन कार्यालय रौतहटको आवासमा विद्युत चोरी गरेको आरोपमा नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाले वनपाले पुर्ण बहादुर माझीलाई पक्राउ गरेका छ । सो कार्यालयका प्रमुख फरेष्टर विमलप्रसाद चौधरी भने फरार छन् ।

पक्राउ पर्ने अन्य गुजरा नगरपालिकाका बासिन्दा छन् । उनीहरु सबै ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा छन ।

पक्राउपर्नेहरुमा रङ्गपुरका दिपक चौधरी, रञ्जन चौधरी, मनहर्वाका हरेन्द्र चौधरी भवानीपुरका महेश राम, ्जुगौलीयाका दिपेन्द्र प्रसाद साह, मेढाका दशरथ चौधरी लगायत छन् ।